चैतन्य बहुमुखी क्याम्पस बनेपाले बागमती प्रदेशका नवनियुक्त सामाजिक विकास मन्त्रि कञ्चन चन्द्र बादे लाई सोमबार बधाई तथा शुभकामना व्यक्त गरेको छ । क्याम्पस सञ्चालक समितिका वरिष्ठ सदस्य राजभाइ मानन्धरको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा क्याम्पस प्रमुख जुजुभाइ मानन्धरले स्वागत मन्तव्य राख्नुभयो । प्राध्यापक सेमन्त भण्डारीले सञ्चालन गर्नुभएको कार्यक्रममा बनेपा न.पा. प्रमुख शान्तिरत्न शाक्य, बनेपा वडा नं. ८ का वडा अध्यक्ष शुभलक्ष्मी मानन्धर, पूर्व सञ्चालक रामभक्त श्रेष्ठ, प्राध्यापक, सञ्चालकहरु एवं विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।
