IMG-LOGO

के.वि. पोलिक्लिनिक अस्पतालमा रुपान्तरण

 मंगल, सावन १२, २०८३  रमेशप्रसाद न्यौपाने

    व्यापारिक नगरी बनेपा स्थित मध्य क्षेत्र नयाँ बसपार्क नजिकै संचालित के.वि. पोलिक्लिनिक शुक्रबारबाट २५ शैयाको अस्पतालमा रुपान्तरण भएको छ । स्वास्थ्य सेवाँ तथा समाज सेवी स्व. कान्छा भाइ वैद्यको नामबाट संचालित के.वि. हस्पितल प्रा.लि. को प्रोप्राइटर सुनिल बैद्य हुनुहुन्छ । नागरिकलाई गुणस्तरीय, आधुनिक सुविधा सहित स्वास्थ्य सेवा पु¥याउने उद्देश्यका साथ अस्पताल संचालन गरीएको प्रोप्राइटर वैद्यले बताउनुभयो । शुक्रबार बनेपा नगरपालिका प्रमुख शान्तिरत्न शाक्य, उद्यमी व्यवसायी, स्वास्थ्यकर्मी, संचारकर्मी र स्थानीयहरुले अस्पताल अनुगमन गर्नुभएको थियो । कुशल अनुभवी दक्ष डाक्टर र विशेषज्ञहरुको टोलिबाट नागरिकहरुले गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्ने अस्पतालले जनाएको छ ।
    अस्पतालमा २४ सै घण्टा आकस्मिक सेवा, अत्याधुनिक प्रयोगशाला (ल्याब) सेवा, डिजिटल एक्स–रे, भिडियो एक्स–रे, अल्ट्रासाउण्ड, ईसीजी, इको, फार्मेसी, आकस्मिक (इमर्जेन्सी) सेवा, विशेषज्ञ चिकित्सकद्वारा ओपीडी सेवा, शल्यक्रिया (अपरेसन), प्रसूति तथा स्त्रीरोग सेवा, बालरोग, हाडजोर्नी तथा नसा, फिजिसियन, दन्त सेवा, आई.सि यु तथा एन आई सि यु, लगायतका सम्पूर्ण स्वास्थ्य सेवा उपलब्ध हुने जनाइएको छ । अस्पतालमा आधुनिक मेडिकल उपकरण जडान गरिएकाले रोगको निदान छिटो र सही पहिचान गरी प्रभावकारी उपचार गर्न सहज हुने विश्वास लिइएको छ । एम्बुलेन्स सेवा तथा आवश्यक परामर्श सेवा समेत उपलब्ध हुने जनाएको छ । भविष्यमा थप विशेषज्ञ सेवा विस्तार गर्दै स्वास्थ्य क्षेत्रमा नयाँ प्रविधि भित्र्याउने र १ सय बेड सम्म पु¥याउने योजना पनि अस्पतालले सार्वजनिक गरेको छ ।
    स्थानीय बासिन्दाले आधुनिक सुविधा सम्पन्न अस्पताल सञ्चालनमा आएसँगै गुणस्तरीय स्वास्थ्य सेवा आफ्नै क्षेत्रमा विशेषगरी अत्याधुनिक ल्याब सेवा र विशेषज्ञ चिकित्सकको उपलब्धताले समयमै रोगको पहिचान र उपचारमा ठूलो सहयोग पुग्ने अपेक्षा गरिएको छ । के.बि. हस्पिटल सञ्चालनमा आएसँगै काभ्रेको बनेपा तथा आसपासका क्षेत्रका सेवाग्राहीले आधुनिक प्रविधिसहितको समग्र स्वास्थ्य सेवा सहज रूपमा आफ्नै क्षेत्रमा उपचार गर्ने अवसर प्राप्त गर्ने भएका छन् । अस्पतालले सेवा, प्रविधिको विकासलाई आत्मसाथ गर्दै बिरामीमैत्री व्यवस्थापनलाई प्राथमिकतामा राख्दै काभ्रेपलाञ्चोक जिल्लाको स्वास्थ्य क्षेत्रमा नयाँ आयाम थप्ने विश्वास व्यक्त गरेको छ । आधुनिक उच्च प्रविधिको स्वास्थ्य सेवा स्थानीय तवरबाट नै प्राप्त गर्ने भएपछि सेवाग्राहीहरु काठमाण्डौं धाउनुपर्ने वाध्यताको अन्त्य हुने कुरा वरिष्ठ फिजिसियन डा. आकाश बैद्यले जनाउनुभयो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्