IMG-LOGO

रास्वपा सांसद खनालले दिए प्रश्नकर्तालाई धम्की

 मंगल, सावन १२, २०८३  -

    धनगढी – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट कैलाली क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य केपी खनालले प्रश्नकर्तालाई धम्की दिएका छन् । सांसद खनालले आइतबार आफ्नै निर्वाचन क्षेत्रअन्तर्गत लम्कीचुहा नगरपालिका–४ लम्कीचुहा अस्पतालनजिक भल्कामा आयोजित कार्यक्रममा अस्पताल व्यवस्थापन समितिका सदस्य धीरेन्द्र थापाको जिज्ञासामा झोक्किएर अभिव्यक्ति दिएका थिए । आइतबार अपराह्न लम्कीचुहा अस्पतालको समस्याका सवालमा अस्पताल व्यवस्थापन समितिद्वारा आयोजित छलफल कार्यक्रममा सांसद खनाल उत्तेजित हुँदै औंला ठड्याउँदै ‘कल्ले भन्यो ? प्रमाण छ ? हाल्छु, जाक्छु समाएर अनि थाहा हुन्छ,’ खनालले प्रश्नकर्तालाई भनेका थिए, ‘यस्ता मान्छेलाई त तपाईंहरूले सदस्यमा राख्नुभएको छ । अनधिकृत बोल्न मिल्छ ? कल्ले फोन ग¥यो ? प्रमाण छ तपाईंसँग ?’
    छलफलका क्रममा लम्कीचुहा अस्पताल व्यवस्थापन समितिका सदस्यसमेत रहेका स्थानीय थापाले ‘तपाईं र नगर प्रमुखको मिलेमतोले अस्पतालको सेवा अवरुद्ध भएको जनगुनासो छ नि ?’ भन्ने जिज्ञासा राखेका थिए । यसको जवाफमा माननीय खनालले झोक्किएर थर्काएको थापाले बताए । यता, सांसद खनालले अस्पताल व्यवस्थापन समितिका सदस्यले आरोप लगाएपछिको भिडियोलाई भाइरल बनाइएको बताए । ‘समितिका सदस्यले नगर प्रमुखलाई जोगाउनु भयो, तपाईं र नगर प्रमुखको साँठगाँठ छ नि भनेर सार्वजनिक आरोप लगाएपछि असह्य भएको हो । लामो समयदेखि प्रदेश र लम्कीचुहा नगरपालिकाको खिचातानीका कारण सेवा अवरुद्ध भइरहेको लम्कीचुहा अस्पतालको समस्याबारे छलफल गर्न व्यवस्थापन समितिले नै कैलाली क्षेत्र नम्बर २ बाट प्रतिनिधित्व गर्ने प्रतिनिधि सभा सदस्यहरू रास्वपाका केपी खनाल र नेकपाका प्रेम बयकलाई आमन्त्रण गरेको थापाले बताए ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्