IMG-LOGO

रोटरी ई–क्लब अफ नमोबुद्धको नेतृत्वमा टासीडोल्मा

 मंगल, सावन १२, २०८३  -

    बनेपा/रोटरी ई–क्लब अफ नमोबुद्धको तेस्रो पदस्थापन तथा नेतृत्व हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । लोटस इभेन्ट श्रीखण्डपुरमा सम्पन्न कार्यक्रमले वर्ष २०२६–२०२७ का लागि टासी डोल्मा लामाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गर्दै आगामी कार्यकालका लागि सामाजिक सेवाका विभिन्न योजना अघि बढाउने प्रतिबद्धता सहित योजना बनाएको छ । नवनिर्वाचित अध्यक्ष टासी डोल्मा लामाले रोटरीको मूल भावना अनुरूप शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण तथा समुदायको आवश्यकता केन्द्रित सामाजिक क्रियाकलापको स्तरीयता अभियानलाई प्राथमिकताका साथ अघि बढाइने जनाउनुभयो । 
    पुर्व डिस्ट्रिक्ट गभर्नर जयराज्य लक्ष्मी शाहको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा निवर्तमान अध्यक्ष शोभा थापा नकर्मी, पूर्व अध्यक्ष गंगा लुईटेल तिमल्सिना लगायतले क्लब स्थापना भएदेखि हालसम्म सञ्चालन गरिएका सामाजिक, शैक्षिक तथा मानवीय सेवाका कार्यक्रमहरूको समीक्षा गर्दै आगामी दिनमा सेवा विस्तारका योजना प्रस्तुत गर्नुभएको थियो । प्रमुख अतिथि जय राज्यलक्ष्मी शाहले रोटरी क्लब इन्टरनेश्नल जगतको भएको हुँदा सामाजिक क्रियाकलापमा उत्कृष्ट सेवा गरी समुदायप्रति उत्तरदायि भएर कार्य गर्नुपर्ने कुरा बताउनुभयो ।
    कार्यक्रममा रोटरी डिष्ट्रिक्टका विभिन्न जिम्मेवारीमा रहेका रोटरीयन, विभिन्न रोटरी क्लबका अध्यक्ष तथा पदाधिकारी, सामाजिक व्यक्तित्व र क्लबका सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो । सुस्मा बजगाईको स्वागत मन्तव्य रहेको कार्यक्रम सरस्वती भुर्तेल आचार्य र नविना बञ्जारा तिमल्सिनाले संयुक्त रूपमा सञ्चालन गर्नुभएको थियो । नवगठित कार्यसमितिको सचिवमा नविना बञ्जारा तिमल्सिना चयन हुनुभएको हो । रोटरी ई–क्लब अफ नमोबुद्धले विगतका वर्षहरूमा शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, विपद् सहयोग तथा सामाजिक उत्तरदायित्वका विविध कार्यक्रम सञ्चालन गर्दै आएको छ । नयाँ नेतृत्वसँगै ती कार्यक्रमलाई थप प्रभावकारी र समुदायमा आधाररित बनाउने अपेक्षा लिइएको छ ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्