शब्दयात्रा प्रकाशन बनेपा, काभ्रेले आयोजनामा शिक्षक तथा साहित्यकार (रामचन्द्र) आर. सी. भट्टराईद्वारा लिखित उपन्यास ‘संघर्ष यात्रा’ एक समारोहबीच सार्वजनिक गरेको छ । शिक्षासेवी रामप्रसाद अधिकारीको प्रमुख अतिथ्यतामा तथा शब्दयात्रा प्रकाशनका सदस्य केदारनाथ तिमल्सिनाको सभापतित्वमा सम्पन्न कार्यक्रममा साहित्यकार, शिक्षाविद्, पत्रकार, साहित्यप्रेमी तथा पाठकहरूको सहभागिता रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि रामप्रसाद अधिकारीले ‘संघर्ष यात्रा’ वर्तमान समाजको यथार्थ, मानवीय संवेदना र जीवनका संघर्षलाई प्रभावकारी रूपमा प्रस्तुत गर्ने कृति भएको जनाउनुभयो । वहाँले साहित्य समाजको प्रतिविम्व, सामाजिक राजनीतिक चेतनाको संवहाक भएकाले यस्ता खालका सिर्जनाले पाठकमा सकारात्मक चेतना र सामाजिक उत्तरदायित्वबोध गराउने तर्क गर्नुभयो ।
कार्यक्रममा काठमाडौ विश्वविद्यालयका प्राध्यापक, कवि, निवन्धकार र अनुवादक हेमराज काफ्लेले उपन्यासमा अनुभव, समाजका भोगाइ र जीवनसंघर्षबाट प्रेरित भएर लेखिएको पाएको उल्येख गर्नुभयो । काफ्लेले पाठकको माया र सुझावले आगामी साहित्यिक यात्रामा थप ऊर्जा प्रदान हुने र ‘संघर्ष यात्रा’ वर्तमानको चेतनालाई छुने, संघर्षशील जीवनको प्रेरणा दिने तथा नेपाली उपन्यास साहित्यमा महत्वपूर्ण योगदान पु¥याउने कृतिका रूपमा रहेको धारणा राख्नुभयो । कार्यक्रममा डा. अम्भु भवानी कार्कि, भानुभक्त खरेल, डा.ईन्द्र केसी, शुभद्रा अधिकारी, लगाएतले शुभकामना मन्तब्य राख्नुभएको थियो । कार्यक्रममा स्वागत मन्तब्य हरिप्रिया रेग्मीले राखेकी थिईन् । आर.सी. भट्टराइले परिचित रामचन्द्र भट्टराइ विगत ३ दशकदेखि शिक्षण सेवा गर्दै आउनुभएको छ । नेपाली कविता र काव्य सहलेखन माध्यमिक नेपाली व्याकरण सहलेखन, नेपाली व्यकरण कृति र सङ्घर्ष यात्रा उपन्यास पुस्तक सार्वजनिक भएको छ । उपन्यासमा नेपाली समाजको यथार्थ उजगार गरीएको छ ।
