IMG-LOGO

डलर साटिदिने भन्दै ठगी गर्ने र पाकेट मारा पक्राउ

 मंगल, सावन १२, २०८३  -

    अमेरिकी डलर साटिदिने प्रलोभन देखाएर लाखौं रुपैयाँ ठगी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार बार्हबिसे न.पा–३ सिन्धुपाल्चोकका २६ वर्षीय सुनिल डुम्जनलाई पक्राउ गरी ठगी तथा संगठित अपराध मुद्दामा थप अनुसन्धान अघि बढाइएको छ । प्रहरीका अनुसार डुम्जनले विभिन्न व्यक्तिलाई अमेरिकी ५० डलरको नोट देखाई ठूलो रकम बराबरको डलर उपलब्ध गराइदिने भन्दै झुक्याएर रकम असुल्ने गरेका थिए । अनुसन्धानका क्रममा तीनवटा ठगीका घटना खुलेका छन् । पक्राउ  परेका डुम्जनविरुद्ध ठगी तथा संगठित अपराधसम्बन्धी कसुरमा जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायब उपरीक्षक रविन विष्टले जानकारी दिनुभयो । 
    यस्तै सार्वजनिक बसमा पाकेटमारी तथा चोरीमा संलग्न रहेको आरोपमा प्रहरीले फरार कैदीसहित चार जनालाई पक्राउ गरेको छ । साउन ६ गते पनौतीबाट काठमाडौं जाँदै गरेको सार्वजनिक बसमा यात्रा गरिरहेका ७४ वर्षीय तीर्थबहादुर तामाङको झोलाबाट नगद रु. २६ हजार चोरी भएको थियो । घटनापछि अनुसन्धानमा खटिएको प्रहरीले सोही दिन अपराह्न करिब ३ः३० बजे बनेपा तीनदोबाटो क्षेत्रमा काठमाडौंतर्फ जाने बसमा चढेर भाग्ने क्रममा चार जनालाई पक्राउ गरेको जनाएको छ । पक्राउ परेकामाथि चोरी तथा डाँकासम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको छ । पक्राउ पर्नेमा  बेथानचोक गाउँपालिका–६ का ३० वर्षीय आकाश भन्ने विनोद आले मगर, सोही स्थानका ३१ वर्षीय रिक्सन तामाङ भन्ने श्याम तामाङ, बेथानचोक–६ कै ३० वर्षीय सोनाम लामा, मकवानपुर फापरबारी गाउँपालिका–७ का ३५ वर्षीय बालकृष्ण मगर रहेका छन् । प्रहरीका अनुसार पक्राउ परेका मध्ये सोनाम लामा यसअघि झुम्का कारागार सुनसरीबाट फरार भएका कैदि समेत रहेका छन् ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्