रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीमा ज्यान गुमाएकाहरूको सम्मानमा हिजो १३ दिनको पूण्य तिथिमा राष्ट्रिय शोक दिवस मनाइएको थियो । नेपालभरिका सरकारी कार्यालय तथा विदेशस्थित नेपाली दूतावास र नियोगहरूमा समेत राष्ट्रिय झण्डा आधा झुकाइएको थियो ।
बाढीमा ज्यान गुमाएका नागरिकप्रति सम्मान र श्रद्धाञ्जली व्यक्त गर्दै सिंहदरबार स्थीत विभिन्न मन्त्रालय परिसरमा पनि हिजो राष्ट्रिय झण्डा आधा झुकाइएको थियो । विदेश स्थित कुटनैतिक नियोगका कार्यलयहरुमा पनि राष्ट्रिय झण्डा झुक्याएर शोक दिवस मनाइएको थियो ।
