एम्नेष्टी इन्टरनेसनल नेपाल समूह–४३ बनेपाले “बलपूर्वक बेपत्ता पारिएका पिडितहरुको स्मरणमा १० औं अन्तराष्ट्रिय दिवस” कार्यक्रम सम्पन्न गरेको छ । समूह संयोजक बुद्धरत्न मानन्धरको सभापतित्वमा तथा मानव अधिाकारकर्मी भोजराज तिमल्सिनाको प्रमुख आतिथ्यतामा सम्पन्न भयो । अधिवक्ता कृष्णप्यारी, पूर्व संयोजक सल्लाहकारहरु र समूहका सदस्यहरुको बाक्लो उपस्थिति रहेको थियो । स्वागत मन्तव्य एवं कार्यक्रम बारे पूर्व संयोजक सल्लाहकार राजन भालुले जानकारी गराउनु भएको थियो । प्रमुख अतिथि भोजराज तिमल्सिनाले मानव अधिकार र बेपत्ता नागरिकहरु बारे आफ्नो ओजपूर्ण मन्तव्य राख्नुभएको थियो । अधिवक्ता अतिथि कृष्णप्यारी नकर्मीले पनि बेपत्ता नागरिक बारे आफ्नो भनाई राख्नुभएको थियो । मायाको चिनो वितरण गर्दै कार्यक्रमको उद्देश्य बेपत्ता परिवारप्रति राज्य उदासीन हुन नहुने धारणा राख्दै सभापति बुद्धरत्न मानन्धरले कार्यक्रमको समापन गर्नुभएको थियो । कार्यक्रम सह–संयोजक देवीप्रसाद गौतमले संचालन गर्नुभएको थियो ।
