IMG-LOGO

गलत वैचारिक प्रवृतिका कारण कम्युनिष्ट पार्टीहरु कमजोर भए पूर्वप्रमः खनाल

 मंगल, भदौ ३०, २०८३   रमेशप्रसाद न्यौपाने

    नेपाली कम्यूनिष्ट पार्टीका नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले कम्यूनिष्ट पार्टीका नेतृत्व पंक्ती गलत वैचारिक प्रवृति र कार्यदिश विहिन हुँदा कम्यूनिष्ट पार्टी कमजोर हुँदै गएको बताउनुभयो । माणिक लामा जीवन यात्रा स्मृति ग्रन्थको शुक्रबार एभरेष्ट होटल काठमाण्डौंमा  लोकार्पण कार्यक्रममा बोल्दै नेपाली कम्यूनिष्ट पार्टीका नेता खनालले कम्यूनिष्ट पार्टीले सरकारको नेतृत्व समाल्दा श्रमजीवीको हितमा केहि काम गरेको भएपनि जनमतको कदर हुने गरी देशको विकास र समृद्धि गर्न चुकेको उल्येख गर्नुभयो । सरकारमा हुँदा पार्टी भित्र चरम गुटबन्दी गर्ने, कमीशनको खेल हुँदा कम्यूनिष्ट पार्टीमा धमिरा लागेर आज यो अवस्थामा आएको पूर्वप्रम खनालको तर्क छ । पार्टी भित्र बहस हुन छोड्यो, पार्टी भित्रका गलत प्रवृतिका विरुद्ध बोल्दा, पार्टी र देश निर्माणको कार्यदिशाको सवाल जस्ले उठायो उसैलाई सिद्धाउने खेल खेल्दा कम्यूनिष्ट पार्टीहरुको यो हविगत भएको तथ्यलाई स्वीकार्दै कम्यूनिष्ट पार्टीहरु एक ठाउँमा एकताबद्ध भइ देश र जनताको हितमा कार्य गर्नुपर्ने कुरा पूर्वप्रम खनालले राख्नुभयो । कम्यूनिष्ट कर्मठ निडर नेता माणिक लामाले कम्यूनिष्ट आन्दोलन र समाजरुपान्तरणमा योगदान पु¥याउनु भएकोमा उहाँका सकारात्मक मार्गलाई सबैले पच्छाउनुपर्ने भनाइ पूर्वप्रम खनालले राख्नुभयो । अब पनि कम्यूनिष्ट पार्टीका नेतृत्व नसच्चिए सकिन केहि वेर नलाग्ने धारणा पूर्वप्रम खनालले राख्नुभयो । राजनीतिक विश्लेषक प्रा.डा. सुरेन्द्र केसीले सर्वहारा वर्गको नेतृत्व गर्ने, ओरीपरीका आसेपासेले सहरमा महल ठडाउने, गुण्डा गर्दी गर्नेहरुलाई राजनीतिमा भित्रयाउने उनीहरुकै रजगज चल्ने गरेकै कारण कम्यूनिष्ट भनिएकाहरुको यो हविगत भएको बताउनुभयो । विश्लेषक प्राडा केसीले कम्यूनिष्ट सिद्धान्त, विचार अनुरुप नचली सत्ताको चास्नीमा डुवेर जनतामाथि कुठाराघात गरेको उल्येख गर्नुभयो । कांग्रेसका बिपी कोइराला, कम्यूनिष्ट आन्दोलनका धरोहर पुस्पलाल श्रेष्ठ देश र जनताको हितमा कार्य गर्ने, सादगी नेताहरु त सबभन्दा बढि लखेटीनुपरेको उदाहरण प्रस्तुत गर्दै राजनीतिक विश्लेषक केसीेले उहाँहरुको विचार र सिद्धान्तमा कांग्रेस र कम्यूनिष्ट पार्टीहरु नहिडेकोमा दुःख व्यक्त गर्नुभयो । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराइले तत्कालिन नेकपा माओवादी र नेकपा एमाले पार्टी एकीकरण भइ १ सय ७५ सिट झण्डै दुई तिहाई नजिकको जनताले मत दिदाँ एक अर्कोको जुगाँको लडाइ र कम्यूनिष्ट आन्दोलनकै धज्जी उडाउँदा आजको राष्ट्रिय प्रजातन्त्र पार्टी जन्मेको खुलासा गर्नुभयो । उपमहासचिव भट्टराइले कम्यूनिष्ट पार्टी १, २, ३ हुँदै किन १७ वटा पार्टी भयौं ? नेतृत्वको विकास र बहिरगमन सधै किन पिचिलो बन्छ ? जनताले विस्वास गरेर जनमत दिदा किन अपमान गरिन्छ यी यावत वस्तुगत मसिनो बहस छलफल नगरी फेरी कम्यूनिष्टहरुको एकीकरणको भजन गाउँदैमा युवा पिढींले अब विस्वास गर्नेवाला छैनन्, पार्टीका शिर्ष नेतृत्वले अब नबुझे कहिले बुभ्mने भन्ने प्रतिप्रश्न एमाले उपमहासचिव भट्टराइले गर्नुभयो । संघीय सांसद परसुराम तामाङ क्रान्तिकारी कम्यूनिष्ट पार्टी नेपालका प्रवक्ता हेमन्त प्रकाश वोली, वामपन्थी विश्लेशक श्याम श्रेष्ठ, नेकपा माओवादी नेता कान्छाराम तामाङ, रास्वपा सांसद डाक्टर राम लामा लगायतले मानिक लामाको जीवन यात्राको चर्चा परिचर्चा गर्नुभयो । प्रगतिवादी समालोचक प्रा.डा. रामप्रसाद ज्ञवालीले पुस्तक माथि समालोचना गर्नुभयो । नेकपा एमाले नेता गोकुल बाँस्कोटाले कम्यूनिष्ट पार्टीका नेताहरु कार्यकर्ता र जनताहरुलाई भरपर्दी विस्वास दिलाउन नसक्ने, आ–आफ्नो डम्फु गित बजाउन पनि नछोड्ने यस्तो प्रवृतिले कम्यूनिष्ट पार्टीको स्थायित्व सम्भव नभएको बताउनुभयो । एमाले नेता बास्कोटाले बामपन्थी भेट्ने की घाटमा कि सराद्धेमा भन्दै व्यङ्गय गर्दै २०८२ फागुण २१ गतेको निर्वाचनले जातिय, क्षेत्रीय, वर्गीय, सांगठनिक अवस्था सबै भाताभुङ्ग हुँदा समेत पार्टीका शिर्ष नेतृत्वको पुरानै धङधङ्गीले नछोडेको देख्दा आपूm आश्चार्य चकित भएको उल्येख गर्नुभयो । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ, नेपाली कांग्रेस काभ्रेका सभापति एवं बागमती प्रदेश संसद तिर्थ लामा, बागमती प्रदेश संसद रत्न ढकाल, बामपन्थी नेता कार्यकर्ताहरुको वाक्लो उपस्थिति रहेको थियो । संघर्ष, विचार, जनसेवकका एक अविचलीत योद्धा माणिक लामाको जन्म २०१६ साल असार १९ गते काभ्रेको मादन कुडारीमा भएको हो । माणिक लामा प्रतिष्ठानको उपाध्यक्ष नविन लामाले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सभापतित्व प्रतिष्ठानको अध्यक्ष ल्हामो लामाले गर्नुभएको थियो । २०८२ साल भाद्र १३ गते उपचारका क्रममा भारतमा माणिक लामाको निधन भएको हो । माणिक लामा २०४९ र २०५४ सालमा मादनकुडारी गाउँपालिकाको अध्यक्ष भइ समाज सेवा गर्दै आउनुभयो । आरम्भमा पञ्चायती निरङ्कुशताविरुद्ध आन्दोलित हुनुभएका लामाले जनयुद्धदेखि जनक्रान्ति सम्म आफूलाई अग्रमोर्चामा आन्दोलनमा उभ्याउनुभयो । अनुभवका हिसाबले चौथो महाधिवेशन एमाले, माले, नकपा (माओवादी) नेकपा (–माओवादी), नेकपा हुँदै आफ्नै नेतृत्वमा नेकपा (एकीकृत माओवादी) स्थापना गरेर सशस्त्र विद्रोहको अगुवाइ सम्म गर्नुभयो । समाजको आमुल परिवर्तनका लागि कम्यूनिष्ट राजनीति, समाज सेवा, जागरण विकासका विभिन्न मोर्चा समाल्दै क्रियाशिल जीवन यापन गरेको विषयमा स्व. माणिक लामाको मन्तव्य दिने वामपन्थी नेताहरुले चर्चा परीचर्चा गर्नुभएको थियो । माणिक लामा जीवन यात्रा पुस्तकको सम्पादक प्रतिष्ठानका महासचिव अशोक सुवेदीले गर्नुभएको हो । उक्त पुस्तक ३ सय ५१ पेजको रहेको छ ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्