IMG-LOGO

कांग्रेसको महाधिवेशन खुल्लामञ्चमा

 मंगल, भदौ ३०, २०८३  -

        नेपाली कांग्रेसले १५ औं महाधिवेशन काठमाडौंको खुला मञ्चमा गर्ने भएको छ । प्रवक्ता देवराज चालिसेका अनुसार महाधिवेशन उद्घाटन र बन्द सत्र लगायत सबै कार्यहरू खुल्लामञ्चमै हुनेछ । असोज १६ गतेदेखि १९ गतेसम्म महाधिवेशन चल्नेछ । त्यसका लागि खुल्लामञ्च बुकिङलगायत कार्य भएको उनले जानकारी दिए । १५ औं महाधिवेशन ऐतिहासिक ठाउँ, २०३६ सालमा बिपी कोइरालाले नेपाली जनताको स्वतन्त्रता र अधिकारका लागि उद्घोष गरेको र गणेशमान सिंहले नेपाली जनतालाई २०४६ सालमा नेतृत्व दिएको ठाउँ खुलामञ्चमा हुँदैछ,’ प्रवक्ता चालिसेले भने, ‘त्यसको प्रतिकात्मक महत्व पनि छ । खुलामञ्चमै महाधिवेशनका सबै कार्यक्रम हुन्छ ।’ उनले महाधिवेशनमा पार्टीका सबै सदस्य र सबै निकायलाई उत्साहजनक सहभागिताका लागि आह्वान गरिएको पनि जानकारी दिए ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्