IMG-LOGO

बनेपा चप्लेटी शुभ विहानी समूहको आठौं सभा

 मंगल, भदौ ३०, २०८३  -

    बनेपा चप्लेटी शुभ विहानी समूहको आठौं वार्षिक साधारण सभा शनिवार एक औपचारिक समारोहका विच कायष्ठ वेन्क्वेट बनेपा–५ मा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष संजय मानन्धरको सभाध्यक्षतामा संचालन भएको सभामा वरिष्ठ साहित्यकार, साहित्यिक पत्रकार तथा जनमत प्रकाशनका प्रमूख मोहन दुवालको प्रमूख आतिथ्यतामा सम्पन्न भयो ।
    “स्वास्थ्यको लागि विहानी हिँडाई” नाराका साथ एकजुट भै एकता, मित्रता र सहकार्यताको उद्धेष्यसहित अघि बढदै गरेको समूहले आगामी समयमा पनि विभिन्न स्थानहरुमा हाईकिङ्ग–भ्रमणहरु, स्वास्थ्य सम्बन्धि जनचेतनामुलक कार्यक्रमहरु, विशेष स्थानहरुको सरसफाई कार्यक्रमहरुमा निरन्तरता दिने प्रतिबद्दता व्यक्त गरेको छ ।
    समूहले विगतमा कार्य गर्दै, अन्तिम चरणमा पुर्याएको बनेपा नगरपालिका भित्रका संकलित करिब १००० वटा सम्पदाहरुको फोटो सहितको तथ्याङ्क संकलन पश्चातको पुस्तक प्रकाशन गर्ने कार्यलाई यथासिघ्र सम्पन्न गर्ने लक्ष्य समेत लिएको छ ।
    बनेपा स्थित शिर मेमोरिय एडभेन्टिष्ट हस्पिटलमा यस संस्थाका सदस्यहरुलाई औषधी–उपचारमा विशेष छुट दिने प्रक्रिया शुरु भैसकेकोमा, सो कार्य सहित विभिन्न तालिम–अन्तक्र्रिया कार्यक्रमहरु संचालनमा विशेष समन्वयकर्ताको भूमिका निभाउनु भएका हस्पिटलका प्रमूख प्रशासकिय अधिकृत सुर्यप्रभा शाक्यलाई विशेष कदर पत्र प्रदान गरिएको थियो ।
    सो सभामा नेपाल अर्वुद रोग निवारण संस्था काभ्रे, नेपाल रेडक्रस सोसाईटी, काभ्रे, काभ्रे जिल्ला स्काउट, माउन्ट एभरेष्ट फुटबल एकेडेमी, श्री हलि नेवा गुठि बनेपा कचा, हलि नेवा गुठि बनेपा मिसा कचा, क्ष्त्ँ काभ्रे बनेपा, नेपाल भाषा साहित्य खल काभ्रे, चण्डेश्वरी सन्ध्याकालिन भजन, चण्डेश्वरी विहानी भजन, फोङ्गाहिटि विहानी स्नान परिवार, बनेपा नगर टेवुल टेनिस संघ, चाईना टाउन ब्याडमिन्टन साथी समूह लगायत बनेपाका अग्रज व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्