IMG-LOGO

सामुदायिक स्वास्थ्य सचेतना कार्यक्रम सम्पन्न

 मंगल, असोज ६, २०८३  -

                बनेपा चप्लेटी शुभ बिहानी समूहको आयोजनामा र शिर मेमोरियल एडभेन्टिस्ट हस्पिटलको प्राविधिक सहकार्यमा पोषण, मानसिक स्वास्थ्य, रजोनिवृत्ति तथा स्वस्थ बुढ्यौली सम्बन्धी “सामुदायिक स्वास्थ्य सचेतना कार्यक्रम” आईतवार, कायष्ठ बेन्क्वेटमा सम्पन्न भएको हो । शिर मेमोरियल हस्पिटलका मनोचिकित्सक डा. Mr. Jocelyn Gayares, स्त्रीरोग तथा प्रसूति विशेषज्ञ डा. विद्या प्रधानाङ्ग–श्रेष्ठ र पोषणविद् निकिता शाक्यज्युले परामर्श सहितको प्रस्तुतिकरणहरु गर्नुभएको हो । डा. Mr. Jocelyn Gayares को अंग्रेजीको भाषा अनुवाद पुकार श्रेष्ठले गर्नुभएको थियो ।

                चप्लेटी समूहका अध्यक्ष संजय मानन्धरको सभाध्यक्षतामा, शिर हस्पिटलका प्रमूख कार्यकारी अधिकृत डा. एन्जिला बस्नेतको प्रमूख आतिथ्यतामा संचालन भएको कार्यक्रमको संचालन सुरेन्द्र कायष्ठले गर्नुभएको हो । सो कार्यक्रमको संयोजन नवराज के.सी., दिपेन्द्र बज्राचार्य र प्रदिप कुमार श्रेष्ठको रहेको थियो । करिव २०० जनाको सहभागितामा संचालित कार्यक्रममा सहयोगि हातहरुको रुपमा श्री बनेपा मेडीस्टोरबाट महेश कायष्ठ, प्यषब्सन काभ्रेबाट नारायण जोशी, रोटरी क्लब अफ काभ्रे बनेपा, सरस्वती जीवन योग प्रयोगशाला लगाएतका बनेपा–काभ्रेका बिभिन्न संघसंस्थाहरुले सहयोगी भूमिका खेलेको जनाएको छ ।

                स्वस्फुर्त रुपमा संचालित सचेतना कार्यक्रममा चप्लेटी शुभ विहानीका सदस्यहरुले अदभुत एकता, मित्रता र सहकार्यता प्रदर्शन गरेको हो भने शिर हस्पिटलको तर्फबाट निमित्त प्रमूख कार्यकारी अधिकृत ऐन्जीला बस्नेत, प्रमूख प्रशासकिय अधिकृत सुर्यप्रभा शाक्य लगाएत विज्ञ चिकित्सक टोलीहरु र सहयोगी सदस्यहरुले समुदाय प्रतिको उत्तरदायित्वको असल नमुना समेत प्रस्तुत गर्नु भएको यो राम्रो असल अभ्यासकोरुपमा हेरिएको छ ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्