श्री जागरण बचत तथा ऋण सहकारी संस्था लि. बनेपा–७ को २० औं साधारण सभा संस्थाका अध्यक्ष पुण्यराज शाक्यको सभापतित्वमा शुक्रबार सम्पन्न भयो । संस्थाका उपाध्यक्ष कृष्ण लामाले स्वागत मन्तव्य राख्नुभएको सभामा सचिव राहुल श्रेष्ठले प्रगति तथा भावि कार्ययोजना प्रस्तुत गर्नुभयो । कोषाध्यक्ष पशुपतिनाथ श्रेष्ठले आ.व. २०८२/०८३ को लेखापरीक्षण प्रतिवेदन र आगामी वर्षको वार्षिक बजेट प्रस्तुत गर्नुभयो । लेखासुपरीवेक्षण समिति संयोजक प्रकाश बजगाईले लेखा प्रतिवेदन प्रस्तुत गर्नुभयो । ६ करोड ३४ लाख ८ बचत निक्षेप संकलन, ५ करोड ९ लाख ३७ हजार २ सय ६३ कर्जा लगानी गरेको छ । १ करोड १२ लाख १७ हजार ९ सय शेयर पूँजी रहेको संस्थाको जगेडा कोष तथा अन्य कोष गरी १ लाख ९३ हजार ३ सय ९६ रहेको कुरा संस्थाका प्रबन्धक विमल अधिकारीले बताउनुभयो । २०८२÷०८३ मा लगानीबाट ६४ लाख ४० हजार ९ सय ८७ रहेको संस्थाले जनाएको छ ।
