नोबेल बचत तथा ऋण सहकारी संस्था लि. बनेपाको १४ औं साधारण सभा संस्थाको अध्यक्ष मोहन कुमार श्रेष्ठको सभापतित्वमा सम्पन्न भयो । उपाध्यक्ष विजेशकुमार पोटेले स्वागत गर्नुभएको कार्यक्रममा सचिव वलराम श्रेष्ठले प्रगति तथा आगामी वर्षको कार्ययोजना प्रस्तुत गर्नुभयो । कोषाध्यक्ष भिमकृष्ण श्रेष्ठले आ.व. २०८२/०८३ को लेखापरीक्षण प्रतिवेदन र आगामी वर्षको प्रस्तावित बजेट प्रस्तुत गर्नुभयो । लेखासुपरीवेक्षण समिति संयोजक बालकृष्ण श्रेष्ठले लेखाप्रतिवेदन प्रस्तुत गर्नुभयो । १ हजार २ सय ६६ शेयर सदस्यबाट १ करोड ८९ लाख ९७ हजार ६०० शेयर पूँजी संकलन भएको छ । ८ करोड ९७ लाख ८० हजार ६ सय ६१ बचत संकलन, १ करोड ५१ लाख ९४ हजार ऋण लगानी गरी आ.व. २०८२÷०८३ मा लगानीबाट ६० लाख ३३ हजार १२ आम्दानी गरेको र ९९ लाख ६३ हजार ९ सय ५० खर्च भएको छ । संस्थाको जगेडा तथा अन्य कोष १ करोड ६ लाख ५४ हजार १ सय ५५ रहेको छ । ३३ लाख ६ हजार ३ सय ७२ कुल सम्पती रहेको संस्थाले जनाएको छ । संस्थाका प्रबन्धक नारायण गोपाल श्रेष्ठले संस्थाले सदस्यहरुको आर्थिक विकासको लागि आवश्यकताका आधारमा ऋण लगानी गरी आय आर्जनमा वृद्धि गरेको बताउनुभयो । प्रबन्धक श्रेष्ठले नयाँ प्रविधिको विकास अनुरुप नीति विधिमा संस्थालाई अघि बढाएको जनाउनुभयो । शेयर सदस्यका छोराछोरी मध्ये एसईईमा उत्कृष्ट नतिजा ल्याउने परस्किृत रिजालले ३ दशमलव ७० जीपीए ल्याएकोमा सम्मान गरेको जनाएको छ ।
जेहन्दार छात्र राहुललाई छात्रवृति
संस्थाकी सह–सचिव प्रमिला चण्डी श्रेष्ठले व्यक्तिगरुपमा विपन्न तथा जेहन्दार राहुल श्रेष्ठलाई अध्ययनका लागि २०७७ सालदेखि हालसम्म छात्रवृति प्रदान गर्दै आउनुभएको छ ।
