IMG-LOGO

सयपत्री प्रतिष्ठानको वार्षिक साधारणसभा सम्पन्न

 मंगल, असोज २७, २०८३  -

    जनागाल । २०५१ सालमा स्थापना भई सयपत्री राष्टिय सम्मान लगायत विविध साहित्यिक र सामाजिक कार्य रिन्तरत संचालन गर्दै आएको सयपत्री प्रतिष्ठान नेपाल  बनेपा १०, जनागाल काभ्रेको ३२औं वार्षिक साधारणसभा प्रतिष्ठानका अध्यक्ष राजेन्द्र श्रेष्ठको अध्यक्षतामा र वरिष्ठ साहित्यकार मोहन  दुवालको प्रमुख आतिथ्यता शनिबार न्यु मामाज क्याफेमा सम्पन्न भयो । साधारण सभामा अध्यक्ष श्रेष्ठले प्रतिष्ठानको तर्फबाट गत आर्थिक वर्षको प्रगति र आर्थिक प्रतिवेदन तथा चालु आर्थिक वर्षको कार्ययोजना प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा प्रमुख अतिथि दुवालले सयपत्री प्रतिष्ठानले गरेका सामाजिक र साहित्यिक कार्यक्रमको चर्चा र प्रशंसा गर्नु हुदै स्थानीय निकायले सामाजिक साहित्यिक संस्थाहरुलाई सहयोग गर्नु पर्ने कुरामा जोड दिनु भएको थियो भने विशेष अतिथि बनेपा नगर पालिका वडा न १० का वडा अध्यक्ष चन्द्र बहादुर खड्काले सयपत्री प्रतिष्ठानले गरेका कार्यहरुले बनेपामा मात्रै नभई राष्ट्रमानै जनागालको पहिचान बनाएको चर्चा गर्दै आफु प्रतिष्ठानलाई सहयोग गर्न सदैव तयार रहेको बताउनु भएको थियो । 
    प्रतिष्ठानका सचिव रामसुन्दर देउजाले सन्चालन गर्नु भएको कार्यक्रममा उपाध्यक्ष प्रधुम्न न्यौपानेले धन्यवाद र सह सचिव शिवप्रसाद तिमल्सिनाले स्वागत मन्तव्य ब्यक्त गर्नु भएको थियो भने प्रतिष्ठानका प्रमुख सल्लाहकार मोहन दुवाल सल्लाहकारहरु डा. सुमनराज ताम्राकार, यादव थापा, महेन्द्र विष्ट र त्रिरत्न रन्जितलाई सल्लाहकारको मनोनयन पत्र र मायाको चिनो प्रदान गरिएको थियो ।
    साधारण सभाले संस्थापक अध्यक्ष स्व. कृष्णकुमार केसीको नवौं स्मृती दिवस आगामी कार्तिक ८ गते नमोबुद्धको भकुण्डेमा अवस्थित अमर अखण्ड हरिनाम संकृतनमा मनाउने, महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्जजयन्तीको अवसरमा सयपत्री राष्ट्रिय सम्मान २०८३ कार्तिक, २१ गते आयोजना गर्ने, सपपत्री–रामभक्त भुवनदेवी स्मृति छात्रवृत्ति प्रदान गर्ने, पौष ८ गते स्थापना दिवस मनाउने, नयाँवर्षमा कविता वाचन तथा शुभकामना आदन प्रदान गर्ने, क्यान्सर रोग बारे सचेतना कार्यक्रम संचालन गर्ने लगायतका कार्यक्रम सर्वसम्मत पास गरेका थियो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्