धुलिखेल/धुलिखेल निवासी श्याम कुमार रानाले सांगितिक क्षेत्रमा पछिल्लो समय लोकभाकामा आधारित फुलको डाली लाईभ दोहोरी ल्याउनुभएको छ । वसन्ती सुनुवारको साथमा रहेको उक्त लाईभ दोहोरीमा दिदिभाईको विरह भाका, भाई परदेश जानुपर्दाको बिडम्बना र दिदीभाईप्रतिको आत्मीयताका विषयहरू समेटिएको छ । लाईभ दोहोरी वसन्ती सुनुवारको युट्युब च्यानल https://tinyurl.com/BasantiSunuwar मार्फत सुन्न र हेर्न सकिन्छ । यसअघि रानाले ’गाउँमा मेरो घर’ नामक गीत ल्याएका थिए । उर्जासिल युवा श्याम सांगितिक प्रतिभाका धनि हुनुहुन्छ ।
