IMG-LOGO

चैतन्य क्याम्पसमा नयाँ आउने विद्यार्थीलाई स्वागत

 मंगल, असोज २७, २०८३  -

    चैतन्य क्याम्पस बनेपामा वि आई टि, वि एड र विविए प्रथम वर्षमा भर्ना हुने विद्यार्थीहरुलाई स्वागत तथा दशैको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम वगमती प्रदेशका पुर्व सामाजिक तथा स्वास्थ्य मन्त्री कञ्चनचन्द्र बादेको प्रमुख आतिथ्यतामा एवं क्याम्पस प्रमुख टिकाराम घिमिरेको सभापतित्वमा सम्पन्न भएको हो । कार्यक्रममा क्याम्पसमा स्नातक तहका विभिन्न शैक्षिक कार्यक्रममा भर्ना भएका नवप्रवेशी विद्यार्थीहरूलाई स्वागत गर्दै उनीहरूको शैक्षिक उन्नति तथा उज्ज्वल शैक्षिक भविष्यको शुभकामना दिनुभयो । कार्यक्रममा प्रमुख अतिथि कञ्चन चन्द्र बादेले विद्यार्थीहरू राष्ट्रका विकास र समृद्धिको आधार भएको बताउदै क्याम्पसले गुणस्तरीय शिक्षा प्रदान तिर ध्यान दिनुपर्ने बताउनुभयो । 
    कार्यक्रममा वागमती विश्वविद्यालयका वोर्ड अफ ट्रष्टिका अध्यक्ष शिबराज अधिकारी, बनेपा नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष शुभलक्ष्मी मानन्धर, क्याम्पसका शैक्षिक प्रशासन प्रमुख जुजुभाई मानन्धर, क्याम्पस प्रमुख टिकाराम घिमिरे, प्राध्यापक, कर्मचारी, विद्यार्थीहरूको सहभागिता रहेको थियो । सहभागीहरूले नवप्रवेशी विद्यार्थीहरूलाई स्वागत गर्दै उनीहरूको शैक्षिक यात्राको सफलताको कामना गरेका थिए । विद्यार्थीहरुले सांस्कृतिक कार्यक्रम गरेका थिए ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्