मानव इतिहासमा प्रविधि क्रान्तिको सूत्रपात गर्ने र व्यक्तिगत कम्प्युटरलाई घरघरमा पु¥याउने प्रमुख व्यक्तित्व बिल गेट्स हुन् । माइक्रोसफ्ट कम्पनीको स्थापना गरेर उनले विश्वको व्यावसायिक तथा प्राविधिक परिदृश्यलाई पूर्ण रूपमा फेदबदल गरिदिएका थिए । सन् १९९५ देखि २०१७ को बीचको २४ वर्षको अवधिमा उनी विश्वको सर्वाधिक धनी व्यक्तिको सूचीमा १८ पटकसम्म पहिलो नम्बरमा ओगट्न सफल भएका थिए । त्यस लामो कालखण्डमा उनको आर्थिक वर्चस्वलाई तोड्न कसैले पनि सकेको थिएन । प्रविधि क्षेत्रमा आएको नयाँ बदलाव, कृत्रिम बौद्धिकताको विकास र अन्य अर्बपतिहरूको तीव्र सम्पत्ति वृद्धिका कारण उनको स्थानमा परिवर्तन आएको छ । फोब्र्स र ब्लूमबर्गको सन् २०२६ को तथ्यांक अनुसार उनी विश्वका धनीहरूको सूचीमा १७ औं स्थानमा रहेका छन् ।
हाल उनको कुल सम्पत्ति करिब ११४ अर्ब अमेरिकी डलरको हाराहारीमा रहेको छ । उनीसँग अहिले पनि अकूत सम्पत्ति भएतापनि शीर्ष स्थानबाट तल झर्नुको मुख्य कारण उनको परोपकारी स्वभाव हो।बिल गेट्सले आफ्नो जीवनको उत्तरार्धमा आएर व्यक्तिगत ऐसआरामभन्दा पनि मानव कल्याणलाई प्राथमिकता दिएका छन् । उनले बिल एण्ड मेलिंडा गेट्स फाउन्डेसनमार्फत आफ्नो सम्पत्तिको दसौँ अर्ब डलर विश्वभरका स्वास्थ्य, शिक्षा, गरिबी निवारण र सरसफाइका क्षेत्रमा दान गरिसकेका छन् । यदि उनले ती सम्पत्तिहरू आफ्नै पासमा राखेका भए आज पनि उनी विश्वको शीर्ष स्थानको वरपर नै हुने थिए ।
