IMG-LOGO

नेकपाको जागरण अभियानः सबै नेता मतदाता क्षेत्रमा खटिनु पर्ने

 मंगल, कार्तिक ११, २०८३  -

    नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले ‘राष्ट्रिय जागरण अभियान’ लाई प्रभावकारी बनाउन केन्द्रीय नेतादेखि स्थानीय कार्यकर्तासम्मको कार्यविभाजन गरेको छ । कात्तिक ७ गतेदेखि सुरु भएको अभियानमा नेताहरूलाई आफू मतदाता रहेको क्षेत्र र विगतमा उम्मेदवार बनेको निर्वाचन क्षेत्रमा खटाउने निर्णय पार्टीले गरेको हो । पार्टीको केन्द्रीय संयोजन समिति बैठकका निर्णय समेटिएको ‘अन्तरपार्टी निर्देशन–५’ अनुसार अभियानलाई व्यवस्थित, प्रभावकारी र जनकेन्द्रित बनाउन सबै तहका नेता तथा कार्यकर्ताको जिम्मेवारी तोकिएको छ ।
    निर्देशनअनुसार केन्द्रीय कार्य संयोजन समितिका सदस्यहरूले आफू मतदाता रहेको प्रदेशअन्तर्गतका जिल्लामा समन्वयको जिम्मेवारी सम्हाल्नेछन्। उनीहरूले प्रदेश समिति र जिल्ला पार्टी समितिसँग नियमित सम्पर्क गर्ने, अभियानको अनुगमन गर्ने तथा आवश्यक मार्गदर्शन र सहजीकरण गर्नेछन् । त्यस्तै, गत निर्वाचनमा उम्मेदवार बनेका नेताहरूलाई आफू उम्मेदवार बनेकै निर्वाचन क्षेत्रमा अनिवार्य रूपमा खटिन निर्देशन दिइएको छ । केन्द्रीय सदस्यहरूले भने पालिका र वडा तहमा सञ्चालन हुने अभियान टोलीको प्रत्यक्ष नेतृत्व गर्नेछन् ।
    प्रादेशिक जिम्मेवारी नपाएका केन्द्रीय सदस्यहरूलाई समेत आफू मतदाता रहेको प्रदेशमै खटाउने पार्टीको निर्णय छ । नेतादेखि कार्यकर्तासम्मलाई निश्चित जिम्मेवारी दिएर सञ्चालन गर्न लागिएको यो अभियानमार्फत जनतासँगको सम्बन्ध बलियो बनाउने र पार्टी सङ्गठनलाई थप सुदृढ गर्ने नेकपाको लक्ष्य देखिन्छ ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्