जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक धुलिखेलले आयोजनामा ७१औँ प्रहरी दिवस, २०८३ विभिन्न कार्यक्रम गरी मनाएको छ । शुक्रबार (असोज ३० गते) कार्यालय परिसरमा आयोजित कार्यक्रममा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीलाई पुरस्कृत गर्नुका साथै अमर प्रहरी परिवारलाई सम्मान गरिएको हो । ‘विपदमा सारथी, संकटमा छहारी ः प्रविधियुक्त नेपाल प्रहरी’ भन्ने मूल नाराका साथ आयोजित कार्यक्रम काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
कार्यक्रममा अमर प्रहरी स्मारकमा श्रद्धाञ्जली अर्पण गर्नुका साथै अमर प्रहरी परिवारलाई सम्मान समेत गरिएको थियो । उक्त अवसरमा जिल्ला प्रहरी कार्यालय तथा मातहतका कार्यालयमा कार्यरत उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई पुरस्कार प्रदान गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कार्यक्रममा प्रहरी नायब उपरीक्षक रविन बिष्टले प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले प्रहरी दिवसका अवसरमा दिनुभएको शुभकामना सन्देश वाचन गर्दै स्वागत मन्तव्य राख्नुभएको थियो ।
प्रमुख जिल्ला अधिकारी अधिकारीले कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक धुलिखेलका प्रमुख प्रहरी उपरीक्षक रविन कार्कीले उपस्थित अतिथि तथा महानुभावहरूप्रति धन्यवाद ज्ञापन गर्दै कार्यक्रम समापन गर्नुभएको थियो ।
