IMG-LOGO

सयपत्री प्रतिष्ठानका संस्थापक अध्यक्ष केसीको स्मृति सभा

 मंगल, कार्तिक ११, २०८३  -

    बनेपा । सयपत्री प्रतिष्ठान नेपाल बनेपा जनागालका संस्थापक अध्यक्ष समाजसेवी स्व.कृष्णकुमार केसीको दशौ वार्षिक पुण्य तिथिमा नमोबुद्ध नपा ४ स्थित अमर अखण्ड हरिनाम संकीर्तन मण्डल अमर निवासमा स्मृति सभा गरि उहाँको योग्दानको चर्चा गरिएको छ । प्रतिष्ठनले हरेक वर्ष उहाँको पूण्य तिथि कोजाग्रत पूर्णिमाको दिन स्मृति सभा गरि हरेक वर्ष विभिन्न विद्यामा सम्मान तथा सहयोग गर्दै आएको छ । यस वर्ष प्रतिष्ठानले उहाँको स्मृतिमा हरिनाम संकीर्तन मण्डललाई धर्म, संस्कार र संस्कृतिको संरक्षण गर्दै अखण्ड हरिनाम संकीर्तनको माध्यमबाट समाजमा आध्यात्मिक चेतना, शान्ति, सद्भाव र सामाजिक एकता अभिवृद्धि गर्न पु¥याउँदै आएको योगदानको उच्च कदर गर्दै अक्षयकोषको लागि २०,०००÷– आर्थिक सहयोग सहित सम्मान प्रदान गरेको थियो ।
    भकुण्डेमा रहेको हरिनाम संकीर्तन मण्डलकै प्राङ्गनमा भएको कार्यक्रममा प्रमुख अतिथी एवं प्रतिष्ठानका प्रमुख सल्लाहकार वरिष्ठ साहित्यकार मोहन दुवालले धार्मिक संस्था र साहित्यिक संस्थाहरुले कसैलाई पनि पक्षपात गर्न नहुने वताउनुहुदै अमर निवासले गरेका धार्मिक गतिविधिका बारेमा प्रशंसा गर्नु हुँदै अमर निवासका अध्यक्ष वासुदेव काफ्लेलाई सम्मान पत्र हस्तान्तरण गर्नु भएको थियो । कार्यक्रमका सभापति प्रतिष्ठानका अध्यक्ष राजेन्द्र श्रेष्ठले सयपत्री प्रतिष्ठानका गतिविधि र स्व. कृष्णकुमार केसीको स्मृतिको बारेमा प्रकाश पार्नु भएको कार्यक्रममा अमर निवासका उत्तम प्रसाद काफ्लेले हरिनाम संकीर्तन संस्थाको गतिविधिका र उदेश्यका बारेमा जानकारी दिनु भएको थियो भने प्रतिष्ठानका उपाध्यक्ष प्रधुम्न न्यौपानेले धन्यवाद र सचिव रामसुन्दर देउजाले कार्यक्रम संचालन गर्नु भएको कार्यक्रममा बिन्धवासिनी वचत तथा ऋृण सहकारी का संचालक सदस्य रामशरण श्रेष्ठ, बनेपा सेवा कार्यालका संयोजक मोहनप्रसाद होमागाई, भकुण्डेका संयोजक लक्ष्मीप्रसाद दाहाल, अमर निवासका पदाधिकारी तथा गुरुहरु र सयपत्री प्रतिष्ठानका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो । कार्यक्रम सम्पन्न गर्नको लागि स्थानीय समाजसेवी एवं धार्मिक अभियन्ता हरिकृष्ण काफ्लेले समन्वय गर्नु भएको थियो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्