गायिका आनी छोइङ डोल्मालाई लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त गर्ने सरकारको निर्णयविरूद्ध माइतीघर मण्डलमा प्रदर्शन भएको छ । राष्ट्रिय जेन्जी नागरिक अभियान, तामाङ नागरिक समाज, गुम्बा बिहार संरक्षण कोष र लुम्बिनी विकास कोष तथा गुम्बा विकास समिति बचाउ संघर्ष समितिले संयुक्त रूपमा विरोधसभा गरेका हुन् । प्रदर्शनकारीले आनी छोइङको नागरिकतासम्बन्धी विवादमा सरकारले तत्काल छानबिन गर्नुपर्ने र आरोप पुष्टि भए नियुक्ति खारेज गरी तामाङ समुदायबाट अर्को व्यक्तिलाई उपाध्यक्ष बनाउनुपर्ने माग गरेका छन् ।
