प्रधानमन्त्री बालेन्द्र शाहले भूमि प्रशासनसम्बन्धी सम्पूर्ण सेवाहरू आगामी एक महिनाभित्र देशका सबै स्थानीय तहहरूबाट अनिवार्य रूपमा प्रवाह गरिने बताएका छन् । सामाजिक सञ्जालमार्फत सोमबार धारणा सार्वजनिक गर्दै उनले हाल ३३ वटा स्थानीय तहबाट मात्रै सञ्चालन भइरहेको यो सेवालाई छिट्टै देशभरका सबै स्थानीय तहमा विस्तार गरिने स्पष्ट पारे । सरकारले आफ्नो शासकीय सुधारसम्बन्धी १०० बुँदे कार्यसूचीमा भूमि प्रशासनसम्बन्धी सेवा स्थानीय तहबाटै प्रवाह गर्ने विषय समावेश गरेको थियो ।
