बनेपा, स्थानीय निर्वाचनलाई लक्षित गरी राष्ट्रिय स्वतन्त्र पार्टी जिल्ला समिति काभ्रेपलाञ्चोकले निर्वाचन परिचालन संयन्त्र परिचालन गरेको छ । जिल्ला अध्यक्ष प्रविणकुमार ढकालको संयोजकत्वमा शनिबार बसेको बैंठकले जिल्लाका १३ वटै पालिकामा जिम्मेवारी वाँडफाँड गरेको छ ः
धुलिखेल नगरपालिकामा प्रकाश तिमल्सिना र दिपकराज कार्की, बनेपा नगरपालिकामा पुण्यमाता घिमिरे र श्रीकृष्ण घिमिरे, पनौती नगरपालिकामा जि.एन. सापकोटा र दिपकराज कार्की, पाँचखाल नगरपालिकामा नवराज बोलखे र माधव सापकोटा, नमोबुद्ध नगरपालिकामा प्रकाश तिमल्सिना र रडेमा लामा, मण्डनदेउपुर नगरपालिकामा नगेन्द्रराज डोटेल र एलिशा श्रेष्ठ, चौरीदेउराली गाउँपालिकामा साजन श्रेष्ठ र रुपवहादुर जिम्बा, भुम्लु गाउँपालिकामा ताराबहादुर कुँवर र रचना थापा, तेमाल गाउँपालिकामा डेमा लामा र विश्वनाथ बोहोरा, रोशी गाउँपालिकामा सरिता केसी, डेमा लामा र विश्वनाथ बोहोरा, बेथानचोक गाउँपालिकामा ताराबहादुर कुँवर र शुशिला खत्री, खानीखोला गाउँपालिकामा जेनकुमार लामा र पाल्साङ लामा, त्यसैगरी महाभारत गाउँपालिकामा रुपबहादुर जिम्बा र पाल्साङ लामालाई जिम्मेवारी बाँडफाँड गरेको छ । पार्टी जिल्ला समितिले जिम्मेवारी बाँडफाँड गर्दा कतिपय पालिकामा एक व्यक्तिलाई दुईवटा पालिका सम्म हेर्ने जिम्मेवारी दिएको जनाएको छ ।
