२५६६ औ बुद्ध जयन्तीको उपलक्ष्यमा सोमबार बुद्ध प्रतिमाको शोभायात्रा तथा नगर परिक्रमा कार्यक्रम सम्पन्न भएको छ । सुदर्शन विहार बनेपा–७ बाट शुरु भएको शोभायात्रा बनेपा बजार परिक्रमा गरी ध्यानकुटी विहार बनेपा–९मा गएर बौद्ध सभामा परिणत भएको थियो । बुद्ध जयन्ती समारोह समिती बनेपाले आयोजना गरेको सो कार्यक्रममा विभिन्न संघ संस्था, बाजा खलः,भजन खलः, बनेपा न.पा भित्रका विभिन्न सामुदायिक विद्यालय, निजी विद्यालय, बौद्ध धर्म प्रति श्रदा राख्ने उपासक उपासिकाहरुको उल्लेख्यनीय सहभागिता रहेको थियो ।
बुद्ध जयन्ती समारोह समितीका सदस्य धर्मलाल मानन्धरले स्वागत भाषण गर्नु भएको सो कार्यक्रममा श्रद्धेय भन्ते आनन्दले बुद्ध पुजा र राहुल महास्थवीरले धर्म देशना, एवं पुन्यानुमोदन गर्नु भएको थियो । बुद्ध जयन्ती समारोह समितीका अध्यक्ष बुद्ध भक्त रञ्जितले धन्यवाद गरी समापन गरिएको उक्त कार्यक्रमा उपस्थित सम्पूर्णलाई गीता मानन्धर तथा चन्द्रमान मानन्धरको परिवारको तर्फबाट खीर भोजन दान गरिएको थियो ।
