जो बाइडेन डेमोक्रेटिक पार्टीका एक नेता हुन् । उनी अमेरिकी राष्ट्रपति रोनाल्ड ट्रम्पका प्रतिस्पर्धि थिए । शनिबार अमेरिका लागि ४६ औं राष्ट्रपतिका रुपमा निर्वाचित भए । उनी अमेरिकाको सु–परिचित राजनीतिज्ञ पनि हुन् जसले २०१७ सम्म संयुक्त राज्य अमेरिकामा उप–राष्ट्रपतिको रूपमा काम गरे । उनी ४७ औं उप–राष्ट्रपति भइसकेका सफल र अमेरिकी नागरिकका लागि परिचित नेता हुन् र उनले दुई पटक सम्म अमेरिकी राष्ट्रपति हुन आफ्नै पार्टीका बराक ओबामासँग आन्तरिक पार्टीमा प्रतिस्पर्धा गरेका थिए । यस वर्ष भने पार्टीमा निर्विकल्प उमेदवार बनेका उनलाई कोरोना कहर चुनाव जित्ने मुद्दा बन्यो । अमेरिका विश्व महाशक्तिको केन्द्र हो । हरेक कालमा हुने राष्ट्रपतिको चुनावी चर्चा जहिले पनि विश्वब्यापी हुने गर्छ । भविष्यमा पनि नहुने कुरै हँुदैन तर नेपाल र नेपालीका लागि यो चुनावले के महत्व राख्छ त ?
१) नेपाल चीनसंगै सिमाना जोडिएको देश हो । ट्रम्प वा जो बाइडेन जस्ले चुनाव जिते पनि चीन प्रति लिने नीतिमा फरक पर्दैन । अमेरिकी विदेश नीति निर्माण एउटै हुने हुँदा पहिला जसरी नेपाललाई हेरिन्थ्यो उस्तै रहने छ ।
२) भूगोलका हिसाबले भारत र चीन बीचमा रहेकोे नेपाल संवेदनशील भू–भाग हो । भारतसँग अमेरिका नजिक छ । भारतले हेर्ने आँखाले अमेरिकी नीति हुनेछ । यसै अनुसार इन्डोप्यासेफिक रणनीति र एमसिसि लागु गर्न गराउन अमेरिका लाग्ने छ । चीनको प्रभाव रोक्न भारत र अमेरिका दुबै मुलुकको समान धारणा छ ।
३) ट्रम्प राष्ट्रपति हुँदा नेपाली सेनालाइ दिंदै आएको अनुदानमा भन्दा जो बाइडेनको जितले अलिकति फरक होला तर नेपाल र अमेरिका बीच रहिआएको सम्बन्धमा केही फरक आउने छैन ।
४) जो बाइडेनले जिते अहिले जस्तो कोरोना कहरको धेरै त्रास र ट्रम्पको पालामा जस्तो स्वास्थ्य क्षेत्रको अस्तब्यस्त अवस्था आउने छैन । अमेरिका एउटा सिस्टममा जान्छ । कोरोना रोकथाम र नियन्त्रण नै बाइडेनको चुनावी मुद्दा हो ।
५) अन्तिम तथा महत्वपूर्ण सवाल,आप्रवासी प्रति रिपप्लिकन भन्दा डेमोक्रेटिक पार्टी उदार छ । त्यसैले जो बाइडेन जित्दा इ–डिभि रोकिन्न । ट्रम्प फेरि जितेमा डिभि रोक्ने घोषणा गरेका थिए हारेर राम्रो भो । अमेरिका छिर्ने लोटरी भिसाले धेरै नेपालीको भाग्य चम्केको मात्र होइन चम्किरहने छ । विभिन्न माध्यमबाट अमेरिका छिरेकाहरुको गृनकार्ड (कानुनी हैसियत) हुने अव पक्का छ । त्यस्ले नेपालको हस्तकला ब्यापार देखि लिएर नेपाली सामानका बजार बढ्छ । नेपालीले कमाएको कमाईले रेमिट्यान्स बढ्ने मात्र होइन नेपालमा अमेरिकी पर्यटक बढ्ने छन । अमेरिका कसैको मूलुक होइन यो संसारको छानो हो । युरोप वा अन्य देशमा जस्तो दोश्रो दर्जाको नागरिक यहाँ हुन पर्दैन । अमेरिका छिरे पछि कोही कसैले हेप्दैन किनभने अमेरिका देश नै आप्रवासीहरुको मुलुक हो । जो बाइडेनको जित पछि लिगल र इलिगल रहेका संसारभरका आप्रवासीमा नयाँ जोस, नयाँ जागरुक र उत्साह आएको छ । त्यसैले उनको जितको कामना आप्रवासीहरुले गरेका थिए ।
यो चुनावमा मलाई उदेक्लाग्दो कुरो चाँहि हामी केही नेपालीहरु पुरातनवादी,आप्रवासी बिरोधी ट्रम्पका पक्षमा खुलेर लागेको देख्दा अचम्म लागेको थियो । हुन त सबैको प्रजातान्त्रिक बिचार लिन पाइन्छ तर मेरो विचारमा आफू अमेरिका बसेको कानुनी हैसियत भएको भन्दैमा ट्रम्पको पक्षमा खुलेर लाग्नु मै खाउँ मै लाउँ प्रवृत्ति हो । हामी जहाँ भए पनि नेपाली हौं । नेपाल र नेपालीको भलो जे गर्दा हुन्छ त्यही सोच हामीले लिनुपर्ने होइन र ?
हुन त जनमत कहिल्यै स्थायी हुँदैन । हाम्रा नेताहरु जो आफ्नो जितलाई आजन्म ठान्छन् भने सबैले हेक्का राखे हुन्छ । पहिला जितेको घमण्ड लिने हो भने ट्रम्पको हाल हुनेछ । त्यसैले जनताको मन जित्न राम्रो काम गर्नुपर्छ । अमेरिकी रङ्गभेदको आन्दोलन र कोरोना कहरलाई नियन्त्रणमा लिएको भए ट्रम्पको जित सःुनिश्चित थियो ।
अत्यन्तै जातीवादी, मिडिया विरोधी, डोनल्ड ट्रम्प हारेकोमा धेरै खुशी लागेको छ । उनको हारले अमेरिकी राजनीतिमा मात्र होइन विश्व राजनीतिमा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा प्रभाव पार्छ पार्छ । ट्रम्प जितेका भए झन् खतरनाक हुन्थे । हारे धेरै राम्रो भयो । हुस्सु र सन्काहा पुरातनवादी ट्रम्प बेसुर मै पराजित भएर इतिहास भए । ७७ वर्षीय जो बाइडेनको जितले नयाँ सन्देश मात्र दिएको छैन संसारभर नै नयाँ तरङ्ग ल्याएको छ ।
