IMG-LOGO

अव म ठुलो नेता

 मंगल, चैत १७, २०७७  पातलो कान्छो

  मलाई आजकाल लाग्दैछ म ठुलो व्यक्ति हुँ, अर्थात ठुलो नेता । राजनीतिमा लागेकाले म ठुलो मान्छे भएको हुँ म धेरै खुसी छु । सबैले नेताज्यू, नेताज्यू भन्दा मलाई रमाइलो लाग्छ । अरुको भन्दा मेरो मन ठुलो छ ।  सबैले नेताज्यू भनेर मानेकोले यो मन अति पÞmुरुङ्ग्ग छ तर घरमै मेरो भाउ छैन । मान नदिदा यो मन अति दुख्छ । घरकालाई मेरो बाहिरको मान सम्मान के थाह ? घरमा जस्तै पार्टीमा पनि त्यति मलाई वास्ता गर्दैनन् । आफ्ना समकक्षीले त्यति मान्दैन किन हो किन ? 
    गएको चुनावमा मलाई पार्टीले वडाअध्यक्षको चुनावमा टिकट नदिएर बतास ेडाँडाको ठुलेलाई दियो । मलाई रनका छुट्यो । बाहिर त्यत्रो मान सम्मान र पपुलर मान्छे मलाई टिकट नदिएर त्यो ठुलेलाई टिकट दिदा मैले पार्टीमा बिद्रोह गरें ।  म पनि के कम चुनाबमा स्वतन्त्र उठे ।  ठुलेको त् पार्टीकै चुनाव चिन्ह थियो मेरो गोला प्रथा गर्दा चुनाव चिन्ह घाइटो पर्यो ।  मेरो चुनाव चिन्ह संगै मेरो नाम पनि रातारात घैटे भो । चुनावमा घैँटो लिएर प्रचारमा हिडियो पैसा पनि धेरै खर्च भो । खोरिया बारी बन्दकी राखेर भए पनि मैले ठुलेलाई हराउन र पार्टीलाई देखाउन चुनावमा केटाहरुलाई टन्न रक्सी मासु खुवाउने देखि राँगा कुखुरा काटेर भोज पनि गरे । यो क्रम चुनावको अघिल्लो दिन सम्म चालु भयो । चुनावको दिन जित्छु जस्तो लागेको भोट गन्दा जम्मा एक भोट मात्र खसेछ । त्यो भोट मैले हालेको थिएँ  । मेरै स्वास्नी पातालीले पनि मलाई भोट नहालेकोमा ज्यादै रिस उठ्यो म बुथ स्थलबाट सोझै घर गए घरमा भोटे ताल्चा झुण्डिएको थियो । चुनाव हारेको झोकमा टुच्च टुच्च लगाउदा ज्यादा भएको थियो  । ससुराली जाने कुरा भएन घरको साचो मसंग थिएन । त्यो रात गोठमा काटियो । जव झम्के झोलले छोड्यो निक्कै जाडो भएको थियो  । ठण्डा दिमागले सोच्दा यो हारले भोलिका दिनमा जित्ने कुरा मनमा पलायो । हारलाई एउटा पाठ ठानेर धेरै कुरा सिकियो । चोकमा ठुले जितेको नारा गर्जिएको थियो । मैले हारलाई स्वीकारेर फेरी पार्टीमा जाने निर्णय गरे ।  ठुलेलाई अबिर घसिदिए ।  पार्टीमा फर्किएर काम गर्ने प्रतिज्ञा सहित भाषण गरें ।
    राजनीतिमा लागे देखि म ठुलेले जस्तो भाषण गर्न जान्दैन थिएँ । राजनीतिमा लाग्दा भाषण गर्न जान्नुपर्छ, भन्नेकुरा चुनावले सिकायो  । जनतालाई हातमा लिन एकपटक झुक्नुपर्छ भन्नेकुरा पनि ठुलेबाट थाह भयो  ।  जाड खुवाउने पनि तरिका हुने रहेछ  ।  केटाहरुलाई सपना देखाउनु पर्ने रहेछ । गरिव दिनदुखी  सर्वहाराको नाम कन्ठ पार्नु पर्ने रहेछ  । चुनाव जित्न मासुभात खुवाउने मात्र होइन परेको खण्डमा त्यस्तै लोकप्रिय मान्छेलाई  उसले भनेजति दाम दिनुपर्ने रहेछ  ।  कसैको डर नमानी आफ्ना गुप्तचरको भर गरेर विरोधीका कुरा थाह पाउनु पर्ने रहेछ  ।  अरुलाई नैतिकताको कुरा सिकाउदै लोकतन्त्रको नारा जप्दै विरोधीलाई ठोकतन्त्र चलाउनु पर्ने रहेछ  । लोकतन्त्रका बारेमा जान्नु पर्ने नियम, कानुन र संविधानका धारा धारा  कण्ठ पार्दै कसको शासनमा के भएको हो बताउनु पर्ने रहेछ । बाहिर बाहिर  अपराध र भ्रष्टाचारका बिरोध गर्दै अपराध नियन्त्रण गर्छु, नारी हिँसा रोक्छु भन्नु पर्ने रहेछ ।  चाकडी र चाप्लुसीको बिरोध गरे जस्तो गर्दै गुटका नेतालाई रिझाउनु पर्ने रहेछ । कर्मचारीलाई  प्रमोसन गर्छु भन्नु पर्ने रहेछ । गुण्डागर्दी र दादागिरी रोक्छु भन्दै ठुला ठुला डनलाई छहारी दिनु पर्ने रहेछ । गाँउ पालिकाको अध्यक्ष देखि माथिको प्रधानमन्त्री, सेना, पुलिसका हाकिमलाई सबैलाई चिनेको धाक लगाउनु पर्ने रहेछ । यस्ता कुरा बल्ल चुनाव हरेर सिके र म नेता भएँ ! खोरिया बारी बेचेर भए पनि अहिले म संग आइफोन बोकेको छु  । मार्शल आर्ट सिकेका नयाँ केटाहरु अगाडि पछाडि लगाएको छु  । ठुलेलाई हातमा लिएर म पार्टीमा पनि प्रधानमन्त्रीकै गुटमा लागेको छु । ठुले लगायताका मेरा बिस्वासीले  जे जे भन्छस् , म त्यसै त्यसै गर्छु । किनभने म पनि भोली ठुलो नेता बन्छु । म यस्तो नेता बन्छु कि यो देशमा प्रधानमन्त्री जस्तै ठुलो नेता अवश्य बन्छु ।
 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्