खासमा पत्रकार समाजका दर्पण हुन् अर्थात समाजका ऐना । हाम्रो पत्रकारिता समाजसंग जोडिएको हुनुपर्छ तर हाम्रो समाजले पुलिस र पत्रकारलाई एउटै आँखाले हेर्छ । कारण हामी समाजसंग नजोडिएको पत्रकारिता गरिरहेका छौ कि ? भोली देशभर पत्रकारहरुको चुनाव हुँदैछ । बिगत दुइ दशक देखि पत्रकारहरु पनि कस्को झन्डा बोक्ने र कुन नेताको आदेश मान्ने भन्ने कुराबाट अछुतो छैनन । नेपाल पत्रकार माहासंघ आफैँमा एउटा प्राज्ञिक र वौद्धिक संस्था हो तर प्राज्ञिक र वौद्धिक व्यक्तित्वहरुको खडेरी महासंघमा छ । हैन, यो सस्थालाई वुद्दिबिलास केन्द्र भन्दा पनि हुन्छ । समाजका सामान्य मान्छेले पत्रकार र पुलिसलाई समान रुपले हेर्छन र ब्यबहार गर्छन तर पछाडि भने पुलिस र पत्रकारको उछित्तो काढ्छन । घटना परिघटना बारे समाजलाई जानकारी गराएर सुचित गराउने पत्रकार आफ्नाबारे समाजले गर्ने टिप्पणी प्रति कति जानकार छन् ? यो पेशालाई सम्मानित गराउन समाजमा पत्रकारले के योगदान गरेका छन् ? यो गम्भीर सवालमा कति पत्रकारहरु संवेदनशील छन् ? हुन् त् धेरै पत्रकारहरू पत्रकारिता पेशालाई एउटा मञ्च बनाएका छन । अवसर पाउने वित्तिकै पत्रकारहरु अन्यन्त्र उछिटिन्छन यो हामीले देखेको र व्यहोरेको कुरा हो । कतिपय भने वौदिक दलाली गर्दै जीवन गुजारेको पनि हामीले देखेका छौ । नत्र कस्को झन्डा बोक्ने भन्ने कुरा पत्रकारलाई गौण हुन्थ्यो ।
समाजमा पुलिससंग जति डर छ त्यत्तिकै डर पत्रकारसंग भएको देखिन्छ । समाजका सामान्य मान्छेले पुलिस र पत्रकारसंग दौतरी गास्न मन पराउदैनन र टाढा राख्न पनि रुचाउदैनन । कतिपय नकाम गर्नेहरुले त् पुलिस र पत्रकार दुवैलाई खामबन्दी छुट्याउछन् । यस्तो हुनुमा कसको दोष ? पुलिस र पत्रकारले सोच्नु पर्छ कि पर्दैन ? पुलिस समाजमा शान्ति सुरक्षा अमनचयन कायम गर्ने र जँहा जुनसुकै ठाँउमा पनि राज्यको एउटा अभिन्न अंग भएर प्रस्तुत हुने बल हो । जो जुनसुकै ठाउँमा पनि प्रकट हुनुपर्छ त्यस्तै राज्यको चौथो अंगका रुपमा सम्मानित सुचना प्रवाह गर्ने पत्रकारहरु पनि समाजका अग्रणी व्यक्ति हुन् दुबैलाई सामाजले एउटै आँखाले हेर्नु चाहि बिडम्बना हो ।
नेपालमा ब्यबसायिक पत्रकारिताको बिकास भएको मानिदैन । अहिले पनि पत्रकारले न्युनतम पारिश्रमिक पाएका छैनन । पत्रकारले भोगेका समस्याको अन्त्य भएको छैन । गुणस्तरीय पत्रकारिता भएको छैन । पत्रकारको हकहितमा स्यम पत्रकार महासंघ जान सकेको छैन । पत्रकारिता गर्ने नयाँ युवाहरु बढ्दै गएका छन् तर गुणस्तारियता छैन । पत्रकारिता समाजसंग जोडिएको हुनुपर्छ । जसले लुकेका प्रतिभालाई बाहिर ल्याउछन् । संभावित र हुनुपर्ने विषयबस्तुको गहिराइमा गएर सत्य, तथ्य र निस्पक्षरुपमा जनसमुदायलाई यथार्थ कुरा सुचित गर्न सकेका छैनन् । समाज परिर्वतनमा सकारात्मक विकास गर्न प्रेरित गर्नु नै पत्रकारिता पेशा हो । जसले दुनियाँका खवर स्थानीय समुदायसम्म र समुदायका गतिविधि दुनियाँसम्म पुत्याउने काम पत्रकारको हो ।
