वैदिक महाकाव्य महाभारत नियालौँ- अहंकारले शक्तिलार्ई कहाँ पुर्याउँछ ! यता किशोर अभिमन्युको चिता जलिरहेको थियो, उता बाबु, बाजे, काका, मामा सबै सत्ताका छिनाझप्टी गरिरहेका थिए । पाँच गाउँ पनि दिन्न भन्दा राज्य ध्वस्त भयो, कूल संघार भयो, मतिले काम नगर्दा सत्य र असत्यमा मनिषीहरू आआफैँ अर्थ लगाउँदै बाँडिए । आखिर यदुवंशी पनि आपसमा मारामार गर्दै सकिए । हाम्रो राजनीति पनि अहिले त्यस्तै निर्दयी कुरु क्षेत्र जस्तो भएको छ । त्यसले अरूलार्ई त सक्छ नै, आफूलार्ई पनि व्यवस्थासँगै सक्दै जान्छ ।
संकट विश्वासको
आफैँले विघटन गरेको सदनसँग विश्वास गर भनेर प्रधानमन्त्रीले सदनमा ठट्टा गरे । विश्वासका लागि आधार हुन्छन्, अहंकारसँग लम्पसार हुँदैन । विश्वासको संकट कोरोना भन्दा पनि महासंकट बन्यो । कसले, कसलार्ई विश्वास गर्ने ? आफ्नै अंग र आफन्तलार्ई विश्वास गर्न नसकेर अविश्वासको रजाइँ भएका बेला अझ राजनीतिक व्यवसायमा अविश्वास फैलिने भयो नै । विश्वासै नभएको विश्वासको जगेर्ना विरोधी वा प्रतिस्पर्धीलार्ई असुरक्षा र डर फैलाएर आतंकित बनाउँदै समर्थन हासिल गर्नु हुन जान्छ । जब शक्तिलार्ई अंशमा सकिने कि समग्रमा भन्ने त्रास हुन्छ तब उधारोमा सम्झौता गरिन्छन् । संकट टर्नेबित्तिकै सम्झौतापत्र ट्वाइलेट पेपर बनाउँदै पुरानै चरित्रमा फर्किन्छ । एकीकृत प्रतिरोध तोड्न नैतिकताका हरेक बन्धन तोडिन्छन् । शक्तिमा रहन, टिक्न, हत्याउन जे/जसो गरे पनि जायज ठानिन्छन् । शक्ति चञ्चल हुने हुँदा को, कता, कुन समयमा लहसिन्छ त्यसकै मालिकले संकेतसमेत पाउँदैन् ।
षडयन्त्र सिद्धान्तमा भ्रम, हल्ला, मनोवैज्ञानिक त्रास, तोडफोड, भय, लोभ धारिला हतियार बन्छन् । विश्वासलार्ई ध्वस्त बनाएर मातहति—विश्वास लिइन्छ । सत्यका परिभाषा पनि अनुकूलताअनुसार फेरिएर तर्क कोरलिन्छन् । संभावना रहुन्जेल विश्वास पनि किनबेच हुन थाल्छ । कमजोर पक्ष भने तमसुक लिएर नैतिकताको कोकोहलो गर्छ । आदर्शको खोल ओडेर ठन्टीगाईलार्ई कसैले पनि बन्सो घाँस हालिरहँदैन् । जहाज डुब्न लाग्दा को जहाजी, को यात्रु अर्थ रहँदैन् । तर अहंकारले समयको संवेदनशीलता बुझ्न दिँदैन्, नक्कली दुश्मन तयार गर्दै तरबार खैँचिन्छ । समय घर्काउन, शक्ति आर्जिन षडयन्त्रको खेलमा सधैँ रहन्छ । समय बलवान हुन्छ, अर्कालार्ई थापेको पासोमा कहिलेकहीँ आफैँ पनि परिन सक्छ ।
कणर्ालीले सिद्धान्तको राजनीति वस्त्रहीन पारेर व्यावहारिक बन्दै देशैलार्ई नयाँ सन्देश दियो । गण्डकीले झन् सत्ता र संस्कृतिमाथि नै प्रश्न उठायो । समयसँगै समाजमा रोल मोडल फेरिँदै जान्छन् । मन्त्री राजीव गुरुङ नेपाली राजनीतिको पर्दा खोलेर नांगो यथार्थको ‘रोल मोडल’ बने । सिद्धान्तको राजनीति अन्तिम चपरी चिहानमा जनमोर्चाका संसद्ले लगाए । लुम्बिनीमा त झन जात्रै भो । अझ संघीय सदनमा विश्वास मत विभाजनमा छरपष्ट देखियो ।
समय र परिस्थिति आदेशबाट हाँकिदैन । दश्मको दश्मै सबभन्दा भरसिलो सहयोगी शक्ति बनेर प्रतिक्रियाको शक्ति झन सशक्त हुन्छ । प्रधानमन्त्रीले विरोधीलार्ई एउटै मोर्चामा उभिने मौका दिए, आफ्नैलार्ई भने सम्हाल्न सकेनन् । भुइँको उठाउँछु भन्दा पोल्टाकै पोखियो । जो आफ्नैैलार्ई हुन सक्दैन् अरूलार्ई के पो हुन सक्छ ? यी घटना लोकतन्त्रमा शिर उठाउन लाईक त छैनन्, हैनन् । तर जाग्दै गरेको अहंकार र घमण्डलार्ई भने तोडेको छ । उकालो यात्रा सुस्तरी हुन्छ तर ओरालो छिटै । ओरालोमा सम्हालिएर हिँडेन भने चिप्लिने मात्र हैन, पछारिन पनि सकिन्छ । घर सम्हाल्न डाडुपन्युँ हुने घरमुलीको मुख्य दायित्व हुन्छ भने अरू तपसिलमा । अदालतले पुनर्जीवन दिएको एमालेलार्ई पनि अध्यक्षले स्वीकार्न नसक्नु नयाँ कुरु क्षेत्र बन्यो । रक्तहीन कोतपर्व सदन बन्यो । के एमालेको ओरालो यात्रा अब सुरु भएकै हो ?
अहिले नेपाली राजनीतिमा दोस्रो वा तेस्रो तहको नेतृत्वमा नैतिक पुँजीको ह्राससँगै विश्वासको संकट अझ झांगियो । नेता र नेतृत्व त आन्दोलनमा जन्मने हो । प्रश्न उठाउने र दबाब दिने सडक मौन छ । राजनीतिमा अहिले आन्दोलन र आलोचनात्मक चेत नभई चाकडी प्रथा मौलाएको छ । भक्तरामको बिगबिगी छ । त्यसैले दोस्रो वा तेस्रो तहको नेतृत्वलार्ई गुट/उपगुट आवश्यक परेर जोखिम उठाउने हैसियत गुम्दै गएको हो । गुटियारको आदेशमा ठप्पावाज बन्ने यो पुस्ता देश अस्तव्यस्त हुनुमा अझ दोषी छ । उनीहरू राजनीतिक भविष्य धरापमा परेकाले चिन्तित त छन् तर मौलिक पहिचान बनाउन भने सक्या छैनन् । यो पुस्ताका कमजोरीले नै अहंकार, अलोकतान्त्रिक घमण्डी र भ्रष्ट शासकहरू जन्मने र उनीहरूको महत्वाकांक्षा अझ बढाउने मौका पायोे । आश गर्ने नयाँ पुस्ता पनि नदेखेर संसदीय राजनीतिप्रति नै अनास्था, विकर्षण र जनतामा निराशा फैलिएको हो ।
सत्ता र संस्कृति
आत्ममुग्धता र आत्मकेन्द्रित नेतृत्वका कारण जब देश बन्धक बन्छ, महामारीसँगै मानवताविरुद्ध अपराध पनि भइरहेका हुन्छन् । यस्तो बेला बोल्ने शक्ति आवश्यक हुन्छ । प्रतिरोधी सोचले प्रतिरोधी शक्ति पैदा गर्छ । त्यसले असन्तोष कुण्ठा मात्र नभै निकासको मार्गचित्र पनि दिनुपर्छ । कसैले शक्ति वा राज्यलार्ई प्रश्न उठाउँदा मात्रै हामी गद्गद् हुन्छौँ । निजी कमजोरी, लोभ, अपेक्षा र महत्वाकांक्षाका कारण मान्छेमा मौनता छाउँछ । आफ्ना सोच अरूले उठाइदेओस् भन्ने ठूलो जमात सहिद अर्काको घरमा जन्मियोस् र क्रान्तिको उपलब्धिको पहिलो हकवाला हुन पाउँ भन्ने सोच्छन् ।
कतिपय बेला हृदयलार्ई मस्तिष्कले थाहा पाइसकेको कुरा पनि स्वीकार्न समय कुर्नैपर्छ । दायित्व स्वीकार्ने, चुनौती सामनाका मार्गचित्र पेस गर्ने भन्दा कमजोरी र उदासीनतालार्ई राज्य अन्यन्त्र मोड्ने प्रयास गर्दैछ । सहनशीलताको एउटा सीमा हुन्छ । फ्रेडरिक डगलस भन्छन्- ‘तानाशाहहरूको सीमा ती मान्छेको सहनशीलताले निर्धारण गर्छ जसलार्ई ऊ अत्याचार गरिरहेको हुन्छ ।’ अहिले युवाहरू राजनीतिदेखि टाढिँदैछन् । पार्टीहरू कार्यकर्ता भन्दा अन्धभक्त उत्पादन गरिरहेका छन् । अन्धभक्तको परिचय, सीमा र समस्या भनेको हरेक विकसित घटनाका कारण नखोतल्नु र कहिल्यै पनि किन र कसरी भयो भन्ने प्रश्न र जिज्ञासा मालिकसँग नराख्नु हो ।
राजनीति फेरेर मात्र सत्ता, संस्कृति र समाज फेरिँदोरहेनछ । सत्ताचिरत्रमा फेरबदल नआउन्जेल राजनीतिमा समस्या आइरहन्छन् । चेत निर्माणका आधार धर्म, सामाजिक स्थिति, सम्पत्ति र सम्बन्ध हो । शासकसँग युगले गर्ने प्रश्न भनेको पूर्वजबाट तिमीले के पायौ भन्दा पनि अर्को पुस्तालार्ई के छाडेर जाँदैछौ भन्ने हुन्छ । संसदीय अभ्यास नियाल्दा तर्क शक्ति, नैतिक पुँजी सकिएपछि मतभेद मात्रै हैन, मनभेद पनि हुँदोरहेछ । जब चुनावमार्फत नै धेरैजसो तानाशाह जन्मन्छन् तब संस्थाको अर्थ हुँदैन् । जनमत अपहरण हुन्छ । सूचनाका औजार कब्जा गरिन्छन् तब जनताका निणर्य गलत भएर चुनावमा आफ्नैविरुद्ध फैसला पनि दिन सक्छन् ।
सत्तामा सन्तुलन आवश्यक तत्व हो । संसद्, अदालत, कर्मचारीतन्त्र, सुरक्षातन्त्र अनिर्वाचित सत्ता हुन् । जब त्यो सरकारी छाया बन्न पुग्छ तब लोकतान्त्रिक पद्धति तानाशाहीमा फेरिन्छ । तब ऊ मिडियाको हेडलाईन व्यवस्थापन गर्न थाल्छ । आफैँलार्ई सर्वज्ञ सोचेर अरूलार्ई आफूमा विलिन गराउन वा मातहत राख्न मात्र चाहन्छ । समस्याको समाधान प्राविधिक हल खोज्दै जनताको रिस कसरी व्यवस्थापन गर्ने वा अयन्त्र मोड्ने भन्नेमा लाग्छ । हरेक शासकका राजनीतिक पुँजी र लोकप्रियता एउटा सीमामा पुगेर रोकिन्छन् । शक्तिको अन्धताले कुनै पनि सरकारलार्ई स्वयं सर्वनाशकारी बनाउँछ ।
एकैपटक आएको हैन यो अवस्था
यो नेपालको मात्रै हैन्, वैश्विक समस्या हो । सन् २०२० देखि पुँजीको चरित्र फेरिनुसँगै निरंकुश र अधिनायकवादी प्रवृत्ति मात्रै हैन, फासीवादको पनि उदयकाल रह्यो । यसको बाधक भनेकै लोकतान्त्रिक सोच र वैधानिक संस्था थिए । प्रतिरोधी जनआन्दोलन र विद्रोह थिए । वर्चश्वशाली समूहलार्ई ‘राष्ट्रवाद’, धार्मिक आवेग र अल्पमतप्रतिको घृणा आवश्यक पथ्र्यो । भ्रमित यथार्थमा जिउन अभ्यस्त गराउन भयको निरन्तरता प्रचार गर्दै समर्थक भिड जुटाउनुपर्ने हुन्थ्यो ।
तब आवेग, घृणा र भयलार्ई भोटमा फेरेर सत्ता कब्जा गर्नु र सत्तामा पुग्नेबित्तिकै सोही भर्याङ ढाल्दिने चरित्र बन्छ । टुप्पोमा एउटा सर्वज्ञ, महाशक्तिशाली व्यक्ति, अरू संस्था र व्यक्ति मातहत वा भक्तजन ।
तब आवेग, घृणा र भयलार्ई भोटमा फेरेर सत्ता कब्जा गर्नु र सत्तामा पुग्नेबित्तिकै सोही भर्याङ ढाल्दिने चरित्र बन्छ । टुप्पोमा एउटा सर्वज्ञ, महाशक्तिशाली व्यक्ति अरू संस्था र व्यक्ति मातहत वा भक्तजन । संवैधानिक संस्थाको औकात गिराएर शासकप्रति वफादार बनाइन्छ । विरोधी कुल्चन अदालत, अख्तियार, सम्पत्ति शुद्धीकरण आयोग, फर्जी मुद्दा र अध्यादेश बन्न थाल्छन् । नयाँ मोडल पुराना मोडललार्ई खतरा बन्ने हुँदा सबैखाले आन्दोलनका उपलब्धि ध्वस्त गर्न इतिहासको व्यवस्थापन गरिन थालिन्छ । वर्चश्वशाली वर्ग शासनका चालक फेरिदिए पनि सत्ताचरित्र रूपमा मात्रै फेर्दै हैसियतहीनलार्ई सत्तामा पुर्याएर पुरानै प्रभु वर्गले कज्याउने गर्छ ।
अन्तमा
संकेत र सन्देशले परिणामको भविष्यवाणी गरिरहेका हुन्छन् । कालान्तरमा मात्रै छर्लङ्ग हुन्छ । नयाँ जानकारीसँगै सत्य र शक्ति फेरिँदै जान्छन् । तब तथ्य, तर्क, मनोविज्ञानका आग्रहहीन विश्लेषण आवश्यक हुन्छ । त्यसैले नयाँ भूमिकाको दिशा निक्र्यौल गर्दै तर्कशक्ति दिन्छ । थाहा नपाउनु, नहुनु हैन् । समयको नाडी छाम्न नसक्ने शक्ति अन्धो हुन्छ । कान र आँखा सुत्दा पनि सधैँ खोली राख्नुपर्ने र अनावश्यक मुख नखोल्ने हेक्का राख्दैन । मुर्ख शासक परिणामले मात्र चेत्छन् । त्यसबेलासम्म पहल खुस्किसकेको हुन्छ ।
