IMG-LOGO

प्रधानमन्त्री देउवाका चुनौतीहरु

 सोम, सावन ४, २०७८  - फडिन्द्र शर्मा

    २०७४ सालमा सम्पन्न प्रतिनिधि सभाको निर्वाचनपछि प्रधानमन्त्री बनेका केपी शर्मा ओलीले शेरबहादुर देउवालाई नेपाली कांग्रेसका अन्तिम प्रधानमन्त्री भन्दै ख्याँसेका थिए । तर दोस्रोपटक आफैले गरेको प्रतिनिधि सभा विघटनलाई सर्वोच्च अदालतले बदर गरिदिएसँगै केपी ओलीको सत्तायात्रा टुंगिएको मात्र होइन । आइतबार राति शेरबहादुर देउवाले १६५ को बिश्वासको मत पाए पछि डेढ वर्ष सत्ताको सुनिश्चित भयो । संसदमा कम्युनिष्टको दुई तिहाईको संख्या हुँदा हुँदै प्रमुख प्रतिपक्षी दलमा सीमित कांग्रेसका सभापति देउवा भने सत्ताको सिँढी उक्लिए यो देउवाको लागि महान अवसर र गम्भीर चुनौतिको क्षण हो । उनले साउन पर्खनु पर्ने थिएन प्रधानमन्त्री बनाउन जेठ ७ गते १४९ जना सांसदले समर्थन गरेका थिए । तर,राष्ट्रपति बिद्या भण्डारीले त्यसलाई अस्वीकार गरिदिएकी थिइन् । निवर्तमान प्रधानमन्त्री केपी ओलीलाई साथ् दिदै आएकी राष्ट्रपति भण्डारीले सर्वोच्चको निणर्य मान्दै गत मंगलबार देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न बाध्य भईन । देउवालाई पाँचौं पटक सत्तारोहणका लागि निर्वाचन मार्फत् जनादेश प्राप्त भएकै  थिएन तर, निर्वाचनबाट जनादेशप्राप्त ओलीले जनमतको हदैसम्म अवमूल्यन गर्दै लिएका संविधान विरोधी निणर्यहरुको कारणले देउवालाई यो अवसर प्राप्त भएको हो । देउवाको मुख्य चुनौतीका रुपमा प्रतिनिधि सभामा विश्वासको मत लिनु थियो त्यो आईतबार राति सानदार रुपमा सफल भईसकेता पनि अरु मुख्य चुनौती यस प्रकार रहेका छन्  । 
    प्रतिपक्षमा ओलीः आईतबार देउवाले विश्वासको मत त पाएका छन् तर प्रमुख प्रतिपक्ष ओली आगामी दिनमा निक्कै आक्रामक हुनेछन किनभने ५ वर्षेकार्यकाल देउवाले खोसेको झोक ओलीले फेर्ने छन् ।  हिजोको जस्तो एमाले छैन तर ओलीका पक्ष एमाले नेपाल पक्ष जस्तो लोकतान्त्रिक छैन इबी लिने खालको छ । ओलीले गरेका नियुक्ति बदर भए संगै खान नपाउनेहरुले बिभिन्न बखडा गर्ने छन् ।  देउवाले बहुमत प्राविधिक मात्रै  हो किनकि, उनीसँग दलीय हिसाबले बहुमत पुग्ने स्थिति छैन । उनी अल्पमतमा देखिने छन् । उनलाई आफ्ना नीतिहरु, कानुनहरु पास गराउन सधैं कठिन हुनेछ । किनकि, विश्वासको मत लिँदा सघाएका सबैले सधैँ सघाउने छन् भन्ने छैन ।
प्रचण्डसँगको गठबन्धन ः प्रचण्डसँगको गठबन्धन यस अघि पनि भएकै हो । २०७३/७४ सालमा पनि देउवा र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच सत्ता गठबन्धन बनेको थियो। दुई नेताबीच विश्वासको सम्बन्धले नै देशमा चुनाव सम्भव भएको थियो । दुईबीचको समझदारीअनुसार नै प्रचण्डले देउवालाई सहजरुपमा सत्ता हस्तान्तरण गरेका थिए, जसलाई देउवाले व्यवस्थापिका संसद्बाटै प्रशंसा गरेका थिए । तर, २०७४ जेठमा देउवा प्रधानमन्त्री बने, असोजमा प्रचण्डले ओलीसँग गठबन्धन घोषणा गरे । देउवाले पहिला भएको प्रचण्डसँगको गठबन्धनमा धोका भएको बारम्बार भन्दै आएका थिए अब पनि प्रचण्डले ढोका नदेलान भन्ने ग्यारेण्टि छ र ?
     प्रचण्ड अस्थिर स्वभावका छन्, जसको परिणाम देउवा स्वयंले भोगिसकेका छन् । अन्य पार्टीमा वा समग्र राजनीतिमा कुनै खालको उथलपुथल आएमा प्रचण्डले देउवालाई धोका दिनसक्ने सम्भावना सधैं रहन्छ । एउटै पार्टी बनाएका ओली र प्रचण्डबीच त सम्बन्धमा दरार उत्पन्न भयो भने देउवा र प्रचण्डमा नहुने सुनिश्चितता छैन । त्यसैले देउवाको चुनौती प्रचण्डसँग सहज सम्बन्ध बनाएर गठबन्धनलाई निरन्तरता दिनु पनि हुनेछ ।
 जसपाको पनि साथ लिनुपर्ने ः 
सत्ता  गठबन्धनका लागि जनता समाजवादी पार्टीलाई पनि साथ् लिनुपर्ने देउवाको चुनौती छ । मधेसी दल आफै मिलन सकेका छैनन उनीहरुको एकतामा खलल नपर्‍ुर्याई सरकार चलाउनु पर्ने चुनौती देउवाको छ ।चुनाव नजिकिएका बेला उनले मधेस केन्द्रित मुद्दासँग सम्बन्धित कतिपय नयाँ मागहरु उठाउन सक्छन् । त्यसको सामना कसरी गर्छन देउवाले ?  
राष्ट्रपतिको अवरोधः प्रधानमन्त्री देउवाको सफत ग्रहण समारोह पहिलो गाँसमै ढुङ्गा भएको छ । प्रधानमन्त्रीको नियुक्तिमा संविधानको धारा उल्लेख नगरी राष्ट्रपतिले देउवालाई पत्र काट्दा नै राष्ट्रपतिको रोजाई ओली हो भन्ने प्रष्ट संदेश दिदै अवरोध गरेकी छिन ।  भोलीका दिनमा  २०७४ सालमा प्रधानमन्त्री हुँदा पनि राष्ट्रपति भण्डारीले देउवालाई कतिपय अवस्थामा असहयोग गरेको देखिएको थियो । प्रधानमन्त्रीमा केपी शर्मा ओली आउने निश्चित भएपछि राष्ट्रपति भण्डारीले अध्यादेश प्रमाणीकरण नगर्ने तथा सिफारिस स्वीकार नगर्ने व्यवहार देखाएकी थिइन । तर, प्रधानमन्त्रीमा ओली आएपछि भने उनी ‘द्रूत सेवाका लागि’ चर्चित भइन्। ओली सरकारले गरेका संविधान विपरीतका सिफारिस पनि उनले केही घण्टामै सदर गर्ने काम गरिन् । प्रधानमन्त्रीमा ओलीकै निरन्तरताका लागि प्रयत्न गरेकी उनले ती प्रयासहरु असफल भएपछि देउवालाई असहयोग गर्ने र र त्यही कारण आगामी दिनमा यी दुई संस्थाबीच असमझदारी विकास हुनसक्ने आशंका धेरैले गरेका छन् । कोरोना र अन्य चुनौतीः कोरोना भाइरस नियन्त्रणमा आएको छैन ।  सबैलाई खोप दिने सरकारको प्राथमिकता , खोप खोप र खोप भनेता पनि कति सहज होला र ? प्राकृतिक प्रकोप बाढी पहिरो नियन्त्रण राहत र सुबिधा जनतालाई दिनु छ नजिकै आएको स्थानीय चुनाव गराउनु पर्ने र पार्टीलाई जिताउनु पर्ने चुनौती देउवाका छन् । शान्ति सुरक्षा लगायत विभिन्न भैपरी आउने चुनौती त छँदै छन् ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्